आजदेखि यूएईमा नेपालीलाई प्रवेश खुला

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

 

त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

 

यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

 

उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी यूएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

साउन २९ देखि साहस ऊर्जाको आइपीओ खुल्ने, साढे १० लाख कित्तासम्म भर्न पाइने Read Previous

साउन २९ देखि साहस ऊर्जाको आइपीओ खुल्ने, साढे १० लाख कित्तासम्म भर्न पाइने

६० करोडको आइपीओ ल्याएको सानिमा लाइफमा बैंकदेखि एनआरएनसम्मको लगानी, कसको कति ? Read Next

६० करोडको आइपीओ ल्याएको सानिमा लाइफमा बैंकदेखि एनआरएनसम्मको लगानी, कसको कति ?