साउन २९ देखि साहस ऊर्जाको आइपीओ खुल्ने, साढे १० लाख कित्तासम्म भर्न पाइने

काठमाडौं । साहस ऊर्जा कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बुका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

स्थानीयले कम्पनीको आइपीओमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

 

कम्पनीको आइपीओमा लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा, ग्लोबल आइएमई बैंक, सल्लेरी शाखा, माछापुच्छ्रे बैंक, सल्लेरी शाखा र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । स्थानीयालाई आइपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्नेछ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबी (डबल बी) प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

 

आयोजनाले हाल सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ, कति कमायो खुद नाफा ? Read Previous

जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ, कति कमायो खुद नाफा ?

आजदेखि यूएईमा नेपालीलाई प्रवेश खुला Read Next

आजदेखि यूएईमा नेपालीलाई प्रवेश खुला