एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हालै नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार गर्दै ईबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।

 

सम्झौता अनुसार, नेशनल प्याबशनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पुर्याउनेछ ।

 

ईबीएलले पनि नेशनल प्याबशनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई १०.६२% बेस रेट २.५०% आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।

 

साथै दुई संस्थाबीच दिर्घकालिन सहकार्यसम्बन्धी अन्य विभिन्न विषयहरु यस एमओयूमा उल्लेख गरिएको छ । “सर्भिस विथ स्माइल” नारा सहित एभरेष्ट बैंक सदैव ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

 

एभरेष्ट बैंकका सिईओ सोमेश्वर सेठ तथा नेशनल प्याबशनका अध्यक्ष रितु राज सापकोटाले एकआपसमा एमओयू साटा–साट गरेका छन् । एभरेष्ट बैंकले प्रदान गर्ने सेवा तथा सहकार्यका विषयमा नेशनल प्याबशनको वार्षिक अधिवेशनमा छलफल गरिएको थियो ।

 

एभरेष्ट बैंकका हाल १० लाख भन्दा बढी ग्राहक रहेका छन् । बैंकले देशभरका ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटीएम तथा वृहत वाह्य संजाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंकको साढे २ अर्बको ऋणपत्र बिक्री खुल्ला, वार्षिक १०.२५% ब्याज पाइने Read Previous

सिद्धार्थ बैंकको साढे २ अर्बको ऋणपत्र बिक्री खुल्ला, वार्षिक १०.२५% ब्याज पाइने

एनसेलको लाभकर निर्धारणसम्बन्धी मुद्दाको सुनुवाइ आज Read Next

एनसेलको लाभकर निर्धारणसम्बन्धी मुद्दाको सुनुवाइ आज