सिद्धार्थ बैंकको साढे २ अर्बको ऋणपत्र बिक्री खुल्ला, वार्षिक १०.२५% ब्याज पाइने

काठमाडौं । सिद्धार्थ बैंकले आज (बिहीबार) देखि ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ ।

 

निष्काशित २५ लाख इकाईमध्ये यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुल्ला गरिएको छ भने ५० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याइएकोछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ ।

 

सात वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइने छ । बैंकको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

 

यो ऋणपत्रमा छिटोमा भदौ ९ गते सम्म आवेदन दिन सकिनेछ । त्यसअवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असोज ५ गतेसम्म भर्न सकिनेछ ।

 

यस ऋणपत्रको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ दिएको छ ।

 

यस ऋणपत्रमा सिद्धार्थ बैंकको सबै शाखा आवेदन दिन सकिनेछ । यस्तै, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट पनि फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिनेछ ।

तामाकोशीको लागत भयो दोब्बर, चैतबाट पूर्ण संचालनमा Read Previous

तामाकोशीको लागत भयो दोब्बर, चैतबाट पूर्ण संचालनमा

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी Read Next

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी