काठमाडौं । विभिन्न कारण निर्माणमा ढिलाई भएसँगै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत दोब्बर हुने भएको छ । सुरुमा ३५ अर्व लागतमा निर्माण सम्पन्न गर्ने भनिएपनि निर्माण सम्पन्न हुँदा ७२ अर्व पुग्ने भएको छ ।
करिब ९५ प्रतिशत काम सम्पन्न भएको माथिल्लो तामाकोशी यही आर्थिक बर्ष भित्र सम्मपन्न हुने भएको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार २०७६ सालको चैत्र महिना भित्र यो आयोजना पूर्ण रुपमा सञ्चालनमा आउने छ ।
नेपाल विद्युत प्राधिकरण, नेपाल दुरसञ्चार कम्पनी, नागरिक लागानी कोष र राष्ट्रिय बीमा संस्थान मुख्य संस्थापक शेयरधनी र सञ्चय कोषको ऋण सहयोगमा यो आयोजना निर्माण भइरहेको हो ।
७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पुँजी परिचालन गरी आर्थिक व्यवस्थापन गरिएको छ । निर्माण समय लम्बिदै जाँदा लागत पनि दोब्बरले बढेको छ । न्यौपानेका अनुसार माथिल्लो तामाकोशी आयोजना सम्पन्न गर्न अहिले करिब ७२ अर्ब लाग्ने छ । यो रकम भने ऋणको ब्याज सहितको हो ।
हालसम्म नेपाल विद्युत प्राधिकरणले आफ्नै स्वामित्वमा रहेका आयोजनाबाट ५ सय ६१ मेगावाट मात्र बिजुली उत्पादन गरेको छ । जब की यहि माथिल्लो तामाकोशी परियोजना बाट मात्रै ४ सय ५६ मेगावाट विद्युत उत्पादन हुनेछ ।
हाल हेडवक्स निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ । अबको तीन महिनामा हेडवक्स निर्माण सकिने जानकारी न्यौपानेले दिए । उनकाअनुसार हेडवक्सको काम दैनिक गर्न नमिल्ले भएकोले केही धेरै समय लाग्ने भएको हो ।
आयोजनाबाट उत्पादित बिद्युतलाई २२० केभी प्रशारण लाइनबाट राष्ट्रिय प्रसारणमा जोडिने छ । उक्त प्रसारण लाइन ४७ किलोमिटर लामो हुनेछ ।
नेपालमा हालसम्म निर्माण भएका आयोजना मध्ये सबैभन्दा सस्तो आयोजनाका रुपमा यस आयोजनालाई मानिएको छ । अनुमानित लागतभन्दा दोब्बर बढ्दापनि प्रतिमेगावाट लागत १५–१६ करोड मात्रै हुनेछ ।
पीकीङ रन अफ दि रिभर (दैनिक केही समय पानी जम्मा गरेर विद्युत निकाल्ने) आयोजना हो । नदीको पानीलाई बाध बाँधी चार घण्टाभन्दा बढि यो आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ ।
नेपाली पुँजी र अधिकतम नेपाली श्रमको प्रयोग गरी आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेकोले पनि यस आयोजनालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
नेपाली ठेकेदार कम्पनीहरुको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुनुको साथै स्वदेशी पुँजीले ठूला परियोजना सम्पन्न गर्न सकिन्छ भन्ने तथ्य प्रमाणित हुनेछ ।
प्रसारणलाइन दोलखाको गोंगरदेखि खिम्ती सवस्टेशनसम्म निर्माण हुनेछ । उक्त प्रसारण लाइनको १२७ टावर निर्माणको अन्तिम चरणमा रहेको छ । माथिल्लो तामाकोशीमा ६ वटा टर्वाइन मार्फत विद्युत उत्पादन गरिनेछ ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी राष्ट्रिय गौरवको आयोजना हो । यसको निर्माणले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा स्वदेशी पुँजी परिचालनको आधार पनि तयार हुने विश्वास गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले उत्पादन गरेको हालसम्मकै कुल बिजुली उत्पादन भन्दा यो १ सय ५ मेगावाट मात्र कम हो ।
हालसम्म नेपाल विद्युत प्राधिकरणले आफ्नै स्वामित्वमा रहेका आयोजनाबाट ५ सय ६१ मेगावाट मात्र बिजुली उत्पादन गरेको छ । जब की यहि माथिल्लो तामाकोशी परियोजना बाट मात्रै ४ सय ५६ मेगावाट विद्युत उत्पादन हुनेछ ।
तामाकोशी परियोजनाको सिभिल तर्फ भने ८० प्रतिशत नेपाली कामदार रहेका छन् । बाँकी २० प्रतिशत कामदार चिनियाँ र भारतीय रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए ।
‘पिक आवर’मा १५ सय भन्दा बढि कामदारहरु काम गर्ने गरेका छन् । अन्य बेलामा भने ११/१२ सयको संख्यामा कामदार रहने गरेको छ ।’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।उक्त आयोजना सम्पन्न पश्चात् भारतबाट आयात हुने बिजुलीमा कमी आउने छ ।