एनसेलको लाभकर निर्धारणसम्बन्धी मुद्दाको सुनुवाइ आज

काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्रीको लाभकर निर्धारण सम्बन्धी विवादको निर्णय सुनुवाइ आज हुने भएको छ।

 

यस मुद्दाको निर्णय सर्वोच्च अदालतका ५ न्यायाधीशहरुले गर्ने भएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, डा. मनोजकुमार शर्मा, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही र सुष्मालता माथेमाको पूर्ण इजलासले यसको निर्णय गर्नेछन् ।

 

गत माघ २४ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत् पूर्ण इजलासको आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो।

 

तिरिसकेको रकम घटाएर बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ ७ दिनभित्र तिर्न वैशाख ३ गते कर निर्धारणको पत्र पठाएको थियो। एनसेलले कर निर्धारणविरुद्ध वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी Read Previous

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी

२६ जिल्लामा ३ लाख ९१ हजार गरीब परिवार, ४५ हजारलाई परिचयपत्र वितरण Read Next

२६ जिल्लामा ३ लाख ९१ हजार गरीब परिवार, ४५ हजारलाई परिचयपत्र वितरण