यती एयरलाइन्सको अफर : पोखरा र सिमराको टिकट १५०० रुपैयाँमै, अन्य ठाउँको कति ?

काठमाडौं । यात्रुलाई आकर्षित गर्न एयरलाइन्स कम्पनीहरुले सस्तो दरको टिकट अफर ल्याउन थालेका छन् ।

 

यसैक्रममा, निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले सस्तो फ्लाइट अफर ल्याएको छ । एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी ६ गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–पोखरा र काठमाडौं–सिमराको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ ।

 

यस्तै, काठमाडौं–विराटनगर र काठमाडौं भैरहवाको एकतर्फी टिकट १ हजार ८०० रुपैयाँमा किन्न सकिने एयरलाइन्सले जनाएको छ ।यसैगरी, काठमाडौं–नेपालगञ्ज र काठमाडौं–भद्रपुरको एकतर्फी टिकट २ हजार ४०० रुपैयाँमै पाइने छ ।

 

यो अफर ७ दिन (साउन १७ देखि २३ गतेसम्म) सम्म लागू हुने एयरलाइन्सले जनाएको छ ।एयरलाइन्सले यसअघि पनि विभिन्न गन्तव्यमा यस्तो अफर ल्याएको थियो ।

मैलुङ खोलाको आइपीओमा २२ गुणा बढी आवेदन, कति जनाले भरे ? Read Previous

मैलुङ खोलाको आइपीओमा २२ गुणा बढी आवेदन, कति जनाले भरे ?

फास्ट ट्रयाकका लागि ललितपुरमा जग्गा अधिग्रहण तीव्र, जग्गाधनीले प्रतिआना कति पाउँछन् ? Read Next

फास्ट ट्रयाकका लागि ललितपुरमा जग्गा अधिग्रहण तीव्र, जग्गाधनीले प्रतिआना कति पाउँछन् ?