मैलुङ खोलाको आइपीओमा २२ गुणा बढी आवेदन, कति जनाले भरे ?

काठमाडौं । मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको आइरो लागेको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटलका अनुसार आज (दोस्रो दिन) दिउँसो साढे २ बजेसम्म १० लाख ८१ हजार ८०० जनाले १ करोड ४७ लाख ६० हजार १०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा करिब २२ गुणा बढी हो ।

 

कम्पनीले बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

निष्काशित कुल सेयरमध्ये २ प्रतिशत (१४ हजार ७२६ कित्ता) कम्पनीक कर्मचारी र ५ प्रतिशत (३६ हजार ८१४) कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले यस अघि नै आयोजना प्रवाभित रसुवाका स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ विक्री गरिसकेको छ ।

 

कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ विक्री नभएमा भने साउन २८ गतेसम्म आवेदन दिन पाइने छ ।

 

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।

 

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।

 

कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ६८ हजार ४७४ जनालाई मात्र सेयर दिन पुग्छ ।

 

दुई दिनमै पौने ११ लाख बढीले भरिसकेका छन् भने आवेदन दिने समय अझै ३ दिन बाँकी छ । यस आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

४१७ मेगावाटको नलगाड जलविद्युतको डीपीआर निर्माण अधुरै Read Previous

४१७ मेगावाटको नलगाड जलविद्युतको डीपीआर निर्माण अधुरै

यती एयरलाइन्सको अफर : पोखरा र सिमराको टिकट १५०० रुपैयाँमै, अन्य ठाउँको कति ? Read Next

यती एयरलाइन्सको अफर : पोखरा र सिमराको टिकट १५०० रुपैयाँमै, अन्य ठाउँको कति ?