लिटिल एन्जल्स स्कूलका सञ्चाल उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

राज्यमन्त्री नियुक्त भएका श्रेष्ठ भोजपुरका हुन्। उनी कांग्रेसका समानुपातिक सांसद हुन्। श्रेष्ठ ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालक हुन् ।  यस्तै, निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को अध्यक्ष समेत हुन् ।

 

श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ । उनको शैक्षिक संस्था, घरजग्गा, बैंक, होटल लगायत व्यवसायमा लगानी रहेको छ ।

बाढीले मनाङमा ५४ किमी सडक क्षतविक्षत, नयाँ ट्र्याक खोल्न अध्ययन शुरु Read Previous

बाढीले मनाङमा ५४ किमी सडक क्षतविक्षत, नयाँ ट्र्याक खोल्न अध्ययन शुरु

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, यी काम गर्न नपाइने (सूचीसहित) Read Next

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, यी काम गर्न नपाइने (सूचीसहित)