काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, यी काम गर्न नपाइने (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा साउन २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

 

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आज राति १२ बजेदेखि सकिँदैछ । काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।

 

निषेधाज्ञाको नियम भने हालकै कायम गरिएको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

 

यस्तै, विभिन्न प्रकारका सभा, सम्मेलन गर्न, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन पाइने छैन् ।

 

विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्नर गराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन(पाठन गर्न नपाउने उललेख गरिएको छ ।

के के गर्न पाइँदैन ?

 

 

लिटिल एन्जल्स स्कूलका सञ्चाल उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री Read Previous

लिटिल एन्जल्स स्कूलका सञ्चाल उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

कोरोनाका बीच डेढ खर्ब लगानीका उद्योग दर्ता Read Next

कोरोनाका बीच डेढ खर्ब लगानीका उद्योग दर्ता