भोलिदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन पाइने

काठमाडौं । भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै शनिबारदेखि लामो दूरीका गाडी संचालन गर्न पाइने जनाकारी गराएको हो ।

 

निषेधाज्ञाका कारण बैशाख १६ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । कोरोना महामारीका कारण रोकिएका त्रिभुवन विश्वद्यिालय, लोकसेवा लगायत परीक्षालाई मध्येनजर गर्दै प्रशासनले सुरक्षा मापदण्ड अपनाई सार्वजनिक यातायात संचालन गर्न दिने भएको हो ।

 

‘मन्त्रीपरिषद्को मिति २०७८/०४/०४ को निर्णय अुनसार त्रिभुवन विश्‍वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाछ परीक्षा कार्यक्रम सार्वजनकि भएकाले देशका विभिन्‍न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्‍यकाका सम्पूर्ण यातायात व्‍यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्‍यवस्था मिलाउन अनुरोध छ,’ प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

कृषि मन्त्रालयको नयाँ योजना, ८ अर्ब लगानीमा १० हजार हेक्टरमा फलफूल खेती Read Previous

कृषि मन्त्रालयको नयाँ योजना, ८ अर्ब लगानीमा १० हजार हेक्टरमा फलफूल खेती

यी हुन् आइपीओ जारी गर्न अनुमति पाएका ६ कम्पनी, कुनको कति कित्ता आउँदै ? Read Next

यी हुन् आइपीओ जारी गर्न अनुमति पाएका ६ कम्पनी, कुनको कति कित्ता आउँदै ?