सिटिजन्स् बैंकको अगुवाइमा ७ बैंकले मेवा खोला हाइड्रोपावरमा पौने ७ अर्ब लगानी गर्ने
चाणक्य पोष्ट
प्रकाशित : 2:29 pm, शुक्रबार, साउन ८, २०७८

Advertisement Section

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइमा ७ वटा बैंकले युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनीमा पौने ७ अर्ब ऋण लगानी गर्ने भएका छन् ।

 

ताप्लेजुङ्ग मेरिङदेन गाँउपालिकामा निर्माण हुने ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्ससहित कुमारी, मेगा, नेपाल इन्फ्रास्ट्रचर, सिद्धार्थ, नेपाल एसबीआइ र सिभिल बैंकले कुल ६ अर्ब ७५ करोड लगानी गर्ने भएका हुन् ।

 

बिहीबार प्रवद्र्धक कम्पनी एवं बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।परियोजनाको अनुमानित लागत करीब ९ अर्ब रुपैयाँमा रहेकोमा बैंकहरुले ७५ प्रतिशत र आयोजनाले स्वपूँजीबापत २५ प्रतिशत लगानी गर्नेछ ।

 

आयोजनामा अगुवाइकर्ता सिटिजन्स बैंकले १ अर्ब ४५ करोड, कुमारी, मेगा, इन्फ्रास्ट्रचर र सिद्धार्थ बैंकले समान ११ अर्ब ऋण लगानी गर्ने भएका हुन् । यस्तै, नेपाल एसबीआइ ८० करोड र सिभिलले ५० करोड लगानी गर्नेछ ।

 

आयोजनाको निर्माण आगामी ३ वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

 

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

Advertisement Section