अब पोखरा-नेपालगञ्ज नियमित हवाई सेवा, साताको तीन उडान हुने

काठमाडौं । बुद्ध एयरले पोखरा-नेपालगञ्ज सीधा उडान गर्ने भएको छ । बुद्धले आगामी साउन १७ (अगस्त १ )देखि पोखराबाट नेपालगञ्ज सीधा उडान भर्न लागेको हो । यसअघि यो रुटमा चार्टर्ड उडान मात्र हुने गरेको थियो ।

 

शुरुमा बुद्धले पोखरा–नेपालगञ्ज साताको ३ दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्ने भएको हो । यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना पनि बनाएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

 

यस उडानबाट दुवै शहरका जनता लभान्वित हुनेछन् । उडानबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने जोशीको भनाइ छ ।

 

उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कणरली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने हाम्रो विश्वास छ । साथै नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।

 

यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरु लखनउ, कानपुर आदि गन्तव्यका पर्यटकहरु आकर्षित हुने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु प्नि सञ्चालन गर्नेछन् ।

 

बुद्ध एयर संक्रमणरहित उडानका लागि प्रतिबद्ध छ । कम्पनीले शुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पीपीई प्रदान, बीमा  र त्यसै अनुरुपको हवाईसेवा जुन अहिले पनि पछ्याईरहेको छ । त्यसैले हुनुपर्छ, करोना अघि र पछिका यात्रु संख्यामा भारी फरक देखिएको छ ।

 

बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाजहरु रहेका छन् ।

सिटिजन्स् बैंकको अगुवाइमा ७ बैंकले मेवा खोला हाइड्रोपावरमा पौने ७ अर्ब लगानी गर्ने Read Previous

सिटिजन्स् बैंकको अगुवाइमा ७ बैंकले मेवा खोला हाइड्रोपावरमा पौने ७ अर्ब लगानी गर्ने

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन Read Next

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन