शिखर इन्सुरेन्सको नाफा साढे १८% ले बढ्यो, बीमा शुल्क १ अर्ब ५६ करोड

काठमाडौं । शिखर इन्सुरेन्स कम्पनीको नाफा १८.४६% ले बढेको छ । शिखरले आर्थिक वर्ष २०७५/७६को असार मसान्तसम्ममा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ७ करोड ३७ लाख रुपैयाँले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३९ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

कम्पनीले गत आर्थिक वर्षमा  पुर्नबीमा कमिशन आयबाट ४९ करोड ६६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

शिखरको जगेडा कोष ११२% ले बढेर ४५ करोड ७० लाख पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा २१ करोड २५ लाखको जगेडा कोष थियो।

 

चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख रहेको कम्पनीको बीमा कोषमा पनि चुक्ता पूँजी सरह छ । इन्सुरेन्सको महाविपत्ति कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

 

यस अवधिमा कम्पनीले १ अर्ब ५६ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १ अर्ब ५९ करोड १९ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २ करोड ८५ लाखले घटेको हो।

 

गत वर्ष ३ लाख ३ हजार ५९१ बीमालेख जारी गरेको कम्पनीले ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । ६४ हजार ९७४ बीमालेख नवीकरण भएका छन्।

 

यस्तै, १६ हजार ६३५ वटा दाबीमार्फत परेको १ अर्ब ८५ करोड ३४ लाख बराबरको कुल दाबी भुक्तानी गरेको छ । ४ हजार ३८२ दाबीबाट परेको ८१ करोड १६ लाख बराबरको भुक्तानी गर्न बाँकी छ । चौंथो त्रैमाससम्म कम्पनीले दाबी वापतको ३० करोड ९ लाख बराबरको भुक्तानी गर्न बाँकी छ ।

 

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसयर आम्दानी ६.६७ रुपैयाँले बढेर ४४.४३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५०.१७ रुपैयाँ रहेको छ ।

तेलको खपत बढ्दो उत्पादन न्यून, अर्जेन्टीनादेखि भारतसम्मबाट आयात Read Previous

तेलको खपत बढ्दो उत्पादन न्यून, अर्जेन्टीनादेखि भारतसम्मबाट आयात

वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स बाँड्ने प्रक्रिया स्थगित Read Next

वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स बाँड्ने प्रक्रिया स्थगित