७ अर्ब लगानीमा स्थापित जगदम्बा स्टील्स उद्योगबाट रङ्गीन जस्तापाता उत्पादन शुरु

काठमाडौं । बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स उद्योगले ७ अर्ब लागतमा जस्तापाता उद्योग स्थापना गरी सञ्चालनमा ल्याएको छ । उद्योगले रङ्गीन जस्तापाता र सादा जस्तापाता उत्पादन शुरु गरेको जनाइएको छ ।

 

सिमरामा फलामे छड (डण्डी) उत्पादन गर्दै आएको सो उद्योगले आजदेखि जस्तापाता उत्पादन र विक्री शुरु गरेको हो ।

 

शङ्कर समूहद्वारा सञ्चालित उक्त उद्योगले अत्यन्त आधुनिक प्रविधिबाट जगदम्बा (सुपर साइन) रङ्गीन जस्तापाता तथा जगदम्बा (ग्याल्भप्लस) सादा जस्तापाता उत्पादन शुरु गरेको समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए।

 

उद्योगको डिजाइन र मेसिन जडानलगायत प्राविधिक कार्य कमिसनिङ कम्पनीका उपाध्यक्ष प्रभात मिश्रले गरेको बताइएको छ । नेपालको पहिलो पूर्ण स्वाचालित गाल्भ्ल्युमलाइन प्रविधिबाट ठूलो मात्रामा उत्पादन हुने रङ्गीन जस्तापाता र सादा जस्तापाता अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत, भरपर्दो तथा टिकाउ रहेको उद्योगको जिकिर रहेको छ ।

नेप्से ९७ अंकले बढ्दा पनि यी हुन मूल्य घट्ने ८ मात्र कम्पनी Read Previous

नेप्से ९७ अंकले बढ्दा पनि यी हुन मूल्य घट्ने ८ मात्र कम्पनी

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत,  विपक्षमा ८३ सांसद Read Next

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत, विपक्षमा ८३ सांसद