प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत, विपक्षमा ८३ सांसद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । आज संसदमा भएको मतदानमा प्रधानमन्त्री देउवाले १६५ मतसहित आवश्यक बहुमत पुर्याएका हुन् ।

 

मतदानमा सहभागी भएका कुल २४९  सांसदमध्ये उनको पक्षमा जम्मा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । त्यस्तै, १  जना सांसद तटस्थ अर्थात् मत दिन्न भन्न पक्षमा मत दिएका थिए ।

 

प्रधानमन्त्री पदमा कायम रहन देउवाले १३६ मत पाउनुपर्ने थियो । देउवाको पक्षमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादीका ३२, नेकपा एमालेका २२, राष्ट्रिय जनमोर्चाका १ सहित १६५ सांसदले विश्वासको मत दिएका हुन् ।

 

एमालेको केपी ओली पक्षका ८३ सांसदले भने देउवाको विपक्षमा मत दिएका थिए ।

 

निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै सर्वोच्चले असार २८ मा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

 

प्रधानमन्त्री देउवाले संविधानको धार ७६ (५) अनुसार असार ३१ गते सपथ लिएका थिए । संवैधानि व्यवस्था अनुसार सपथ लिएको १ महिनाभित्र विश्वासको मत लिए हुनेमा देवाउले ४ दिनमै लिएका हुन् ।

७ अर्ब लगानीमा स्थापित जगदम्बा स्टील्स उद्योगबाट रङ्गीन जस्तापाता उत्पादन शुरु Read Previous

७ अर्ब लगानीमा स्थापित जगदम्बा स्टील्स उद्योगबाट रङ्गीन जस्तापाता उत्पादन शुरु

फर्स्ट माइक्रोफाइनान्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था Read Next

फर्स्ट माइक्रोफाइनान्सको नाफामा झिनो सुधार, यस्तो छ वित्तीय अवस्था