अब देशका यी ३ पालिकामा मात्र बैंक पुग्न बाँकी

काठमाडौं । अब देशका ३ वटा स्थानीय निकायमा मात्र वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेका छन् । देशका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा पुगेका हुन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार अब वाग्मती प्रदेशको धादिङको रुबिभ्याली गाउँपालिका, कर्णालीको जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिमको बझाङको साइपल गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ ।

 

राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको भए पनि अझै त्यो पूरा हुन सकेको छैन् । राष्ट्र बैंकका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

राष्ट्र बैैंकको तथ्यांक अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या जेठ मसान्तमा १३८ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।

 

जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या १० हजार ६११ पुगेका छन् । जसमा सबैभन्दा धेरै वाणिज्य बैंकका ४६९४ रहेका छन् । यस्तै, माइक्रोफाइनान्स ४६३७, विकास बैंक १०१६ र फाइनान्स कम्पनीका २१६ शाखा रहेका छन् ।

हाइड्रो चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी Read Previous

हाइड्रो चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

निषेधाज्ञा १० दिन थप : लामो दूरीका गाडी खुलेनन्, के गर्न पाइन्छ ? के पाइँदैन ? (सूचीसहित) Read Next

निषेधाज्ञा १० दिन थप : लामो दूरीका गाडी खुलेनन्, के गर्न पाइन्छ ? के पाइँदैन ? (सूचीसहित)