निषेधाज्ञा १० दिन थप : लामो दूरीका गाडी खुलेनन्, के गर्न पाइन्छ ? के पाइँदैन ? (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

 

उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद आजराति १२ बजे सकिँदैछ । निषेधाज्ञाको समयवधि थपिएको यो सातौं पटक हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

 

अबको निषेधाज्ञा अहिलेकोभन्दा पनि खुकुलो बनाइएको छ । सबै खाले पसल बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि साँझ ६ बजेसम्म ओल्न पाइने व्यवस्था थियो ।

 

लामो दूरीका सार्वजनिक यातायात अझै खुलाइएको छैन । उपत्यका भित्र निजी तथा सार्वजनिक यातायात दुई साता अघिदेखि नै संचालन गरिए पनि लामो दूरीका गाडी अझै संचालन हुन सकेका छैनन् ।

 

यस्तै, निषेधाज्ञा भर सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द खोल्न पाइने छैन ।

 

के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

 

 

अब देशका यी ३ पालिकामा मात्र बैंक पुग्न बाँकी Read Previous

अब देशका यी ३ पालिकामा मात्र बैंक पुग्न बाँकी

युनियन लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

युनियन लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा