युनियन लाइफको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । विक्री प्रबन्ध प्रभु क्यापिटलमा आज साँझ ५ बजे आइपीओ बाँडफाँट गरिएको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने १५ लाख ३२ हजार २९९ जनाको हात रित्तो भएको छ ।

 

कम्पनीले असार २४ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

जसमा कुल २१ लाख ८२ हजार ७७५ जना आवेदन दिएका थिए । सोमध्ये ६९ हजार ९७६ आवेदन विविध कारणले रद्द भएका छन् भने बाँकी २१ लाख १२ हजार ७९९ आवेदकलाई गोलाप्रथामा समावेश गरिएको थियो ।

 

कम्पनीको आइपीओमा परेको आवेदन हालसम्मका सबैभन्दा धेरै हो । यसअघि जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८७ हजारले आवेदन दिएका थिए ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र युनियन लाइफ इन्स्योरेन्सको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

निषेधाज्ञा १० दिन थप : लामो दूरीका गाडी खुलेनन्, के गर्न पाइन्छ ? के पाइँदैन ? (सूचीसहित) Read Previous

निषेधाज्ञा १० दिन थप : लामो दूरीका गाडी खुलेनन्, के गर्न पाइन्छ ? के पाइँदैन ? (सूचीसहित)

विकासको नारा घन्काउने ओलीका पालामा पूँजीगत खर्च औसतभन्दा कम Read Next

विकासको नारा घन्काउने ओलीका पालामा पूँजीगत खर्च औसतभन्दा कम