काठमाडौं । हाइड्रोपावर र फाइनान्स चम्किँदा सेयर बजार दोहोरो अंकले बढेको छ । चालू आर्थिक वर्षको अन्तिम कारोबार दिन बजार हरियाली छाएर बन्द भएको हो ।
यससाता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन ७५ अंकले बढेको बजार सोमबार ४५ अंकले घटेको थियो । समग्रमा यससाता बजार समग्रमा ५५ अंकले बढेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे २ अर्बले बढेर ८ अर्ब नाघेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ११.३३ अंकले बढेर २८८३.३८ विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ बराबरको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले बढेको छ भने फाइनान्स समूह पनि १.९५ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीमध्ये १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ३६ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसी एशिया बैंक ३३ करोड र मेरो माइक्रोफाइनान्सको प्रमोटर सेयर २३ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
बढ्दो बजारमा आज ङादी पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.४० प्रतिशतले बढेको छ । यस्तै, रैराङ हाइड्रोपावर ८.९१, गणपत माइक्रोफाइनान्स ७.८८, मञ्जुश्री फाइनान्स ७.८३, एनआइबील समृद्धि फण्ड–२ ७.७८, लिबर्टी इनर्जी ७.०४ प्रतिशतले बढेको छ ।
यसैगरी, गोर्खा फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रो डेभलपरको ५ प्रतिशतभन्दा धेरैले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्स, पञ्चकन्यामाइ र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज कृषि विकास बैंक डिबेञ्चरको सेयर मूल्य सबैभन्दा धेरै ३.९० प्रतिशतले घटेको छ ।