११ महिनामा पौने ९ खर्ब रेमिट्यान्स भित्रियो, विदेश जाने ६० प्रतिशतले घटे पनि कसरी बढ्यो ?

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या आधाभन्दा धेरैले घटे पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह भने साढे १२ प्रतिशतले बढेको छ ।

 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको जेठ मसान्तसम्म ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ विप्रेषण मुलुक भित्रिएको छ ।यो गत आवको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले धेरै हो ।

 

यस्तै, चालू आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो । ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले घटेको थियो ।वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४७.१प्रतिशतले घटेको छ ।

 

कोरोना महामारीका बीच रेमिट्यान्समा वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक रहेको अर्थविदहरु बताउँछन् ।विश्वभर कोरोना प्रभाव परे पनि नेपाली कामदार रहेका देशहरुले ठूलो मात्रमा कामदार कटौती नगर्दा रेमिट्यान्स नघटेको उनीहरुको भनाइ छ । यस्तै, हुन्डीमार्फत हुने कारोबार घटेसँगै रेमिट्यान्समा वृद्धि भएको हो ।

२ वर्षपछि शोधान्तर स्थिति घाटामा, व्यापार घाटा  १४ खर्ब नजिक Read Previous

२ वर्षपछि शोधान्तर स्थिति घाटामा, व्यापार घाटा १४ खर्ब नजिक

५ दिनदेखि काठमाडौंको सडकमै थुप्रियो फोहर, बञ्चरेडाँडा हस्तान्तरण नहुँदा जनतालाई सास्ती Read Next

५ दिनदेखि काठमाडौंको सडकमै थुप्रियो फोहर, बञ्चरेडाँडा हस्तान्तरण नहुँदा जनतालाई सास्ती