नेपाल राष्ट्र बैंकको मोबाइल एपको बेटा भर्सन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एपको बेटा भर्सन सार्वजनिक गरेको छ।

 

बुधबार आयोजित’भर्चुअल’ कार्यक्रममा डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले नेपाल राष्ट्र बैंक नामको मोबाइल एपको शुभारम्भ गरेकी हुन्।

 

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमयदर, अध्ययन प्रतिवेदन, तथ्यांक लगायतका सामाग्री उक्त एपबाट प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रयोगकर्ताको सुझावको आधारमा यसलाई परिस्कृत गर्दै लगिने राष्ट्र बैंकले जनाएको छ। हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टमको मोबाइलमा उपलब्ध हुनेछ।

 

उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममासमेत विस्तार गरिने बैंकले जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ? Read Previous

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र विक्री खुला, कतिसम्म भर्न पाइन्छ ? Read Next

माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र विक्री खुला, कतिसम्म भर्न पाइन्छ ?