पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा विक्री मूल्य प्रतिलिटर १/१ रुपैयाँले घटाएको हो ।

 

नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ ।

 

खाना पकाउने र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । पछिल्लो १ वर्षम १९ पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले पहिलोपटक मूल्य घटाएको हो ।

 

पटक-पटक बढेको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु लगायत ५ विद्यार्थी संगठन मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

 

आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता हुने भन्ने विश्वास निगमको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जनाएको छ ।

सगरमाथा इन्स्योरेन्सको लाभांश पारित Read Previous

सगरमाथा इन्स्योरेन्सको लाभांश पारित

नेपाल राष्ट्र बैंकको मोबाइल एपको बेटा भर्सन सार्वजनिक Read Next

नेपाल राष्ट्र बैंकको मोबाइल एपको बेटा भर्सन सार्वजनिक