काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको वार्षिक साधरण सम्पन्न भएको छ । बुधबार कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा २४ औं साधरण सभा सम्पन्न भएको हो ।
साधरण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५७ नगदसहित ११.५७ प्रतिशत लाभांश पारित गरेको छ ।
यस्तै, सभाले कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु पारित, आव २०७७/७८ का लागि लेखा परीक्षक नियुक्ती गरेको छ ।
इन्स्योरेन्सले अघिल्लो आवको तूलनामा आव २०७६/७७ मा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि गरी २ अर्ब २५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ । चालू आवमा कम्पनीले २ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।