माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्र विक्री खुला, कतिसम्म भर्न पाइन्छ ?

काठमाडौं । माछापुच्छ्रे बैंकले आज (असार ३१ गत) देखि ३० लाख इकाई ऋणपत्र विक्रीखुला गरेको छ ।

 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३ अर्ब बराबरको ३० लाख कित्ता ‘८.५% माछापुच्छ्रे ऋणपत्र २०८७’ विक्रीमा ल्याएको हो ।

 

निष्काशित कुल ३० लाख ऋणपत्रमध्ये बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ भने बाँकी १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन् । ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रमा धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ ।

 

ऋणपत्रको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

नेपाल राष्ट्र बैंकको मोबाइल एपको बेटा भर्सन सार्वजनिक Read Previous

नेपाल राष्ट्र बैंकको मोबाइल एपको बेटा भर्सन सार्वजनिक

साउन १ देखि यी क्षेत्रमा २० देखि ९० प्रतिशतसम्म कर छुट हुने Read Next

साउन १ देखि यी क्षेत्रमा २० देखि ९० प्रतिशतसम्म कर छुट हुने