युरो कपको पुरस्कारमा मात्रै साढे ५२ अर्ब खर्च, कुन देशले कति पाए ?

काठमाडौं । घरेलु मैदानमा इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरो कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

 

युरोकपको पुरस्कारका लागि मात्रै आयोजकले कुल ३७१ मिलियन युरो (करिब ५२ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेको छ । युरोपियन फुटबल महासंघ (यूईएफए)का अनुसार विजेता टोली इटालीले कुल कुल ३४ मिलियन अर्थात् ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पाएको छ ।

 

जसमा विजेता भए वापत मात्रै १० मिलियन यूरो अर्थात १ अर्ब ४१ करोड रुपैयाँ पाएको छ भने लिगचरणदेखिका खेल जिते बापत थप २४ मिलियन युरो पाएको हो ।

 

उपविजेता भएको इंग्ल्याण्डले कुल ३०.२५ मिलियन (करिब ४ अर्ब २७ करोड रुपैयाँ) पाएको छ । जसमा उपविजेता भएबापत ७ मिलियन यूरो (करिब ९९ करोड) र लिग चरणदेखिका खेल जितेबापत २३ मिलियन युरो पाएको छ ।

 

यस्तै, सेमिफाइनलमा पुगेको स्पेनले २२.५ मिलियन ( ३ अर्ब १८ करोड रुपैयाँ) र डेनमार्कले २१ मिलियन (२ अर्ब ९६ करोड रुपैयाँ) पाएका छन् ।

 

क्वार्टर फाइनलबाटै बाहिरिएको स्वीटजरल्याण्ड १७ मिलियन (२ अर्ब ४० करोड), बेल्जियम १९ मिलियन (२ अर्ब ६८ करोड), चेक रिपब्लिक १६.७५ मिलियन (२ अर्ब ३६ करोड) र युक्रेनले १६ मिलियन (२ अर्ब २६ करोड रुपैयाँ) पाएका छन् ।

 

यस्तै, प्रिक्वार्टरबाट बाहिरिएको जर्मनीले १७ मिलियन युरो (२ अर्ब ४० करोड रुपैयाँ), स्वीडेन १८.२५ मिलियन युरो (२ अर्ब ५८ करोड रुपैयाँ), नेदरल्याण्ड १९ मिलियन, अस्ट्रिया र फ्रान्सले समान १७.५ मिलियन, वेल्स, क्रोसिया र पोर्चुगलले समान १६.७५ मिलियन युरो  पाएका छन् ।

 

यस्तै, युरोकपमा सहभागी भएर लिगचरणबाटै बाहिरिएका प्रत्येक टिमले ९.२५ मिलियन युरो अर्थात करिब १ अर्ब ३१ करोड नेपाली रुपैयाँ पाएका छन् ।

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

युनियन लाइफको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, कति जनाले भरे ? Read Next

युनियन लाइफको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, कति जनाले भरे ?