सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । आइतबार एकैदिन ७५ अंकको उछाल आएको बजार आज उच्च अंकले घटेको हो ।

 

सर्वोच्च अदालतले प्रतिनिधसभा पुनस्र्थापना गरिदिएसँगै बजारले गति लिने लगानीकर्ताको अपेक्षा विपरित बजारमा गिरावट आएको हो ।

 

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर १० अर्ब पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा आइपुगेको छ । आज २२९ कम्पनीको ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै २.९ प्रतिशतले घटेको छ भने हाइड्रोपावर विकास बैंक समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

 

आज कारोबारमा आएका २२९ कम्पनीमध्ये जम्मा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज निर्धन उत्थान लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ४७ करोड रुपैयाँको बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसी एशिया बैंक झन्डै ३५ करोड र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर साढे २९ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

उच्च अंकले घटेको बजारमा आज युनियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.३३ प्रतिशतले घटेको छ । यसैगरी, खानीखोला हाइड्रोपावर र ओरेन्टल होटको पनि मूल्य ५ प्रतिशभन्दा धेरैले घटेको छ ।

 

यस्तै, महुली सामुदायिक लघुवित्त, शिव श्री हाइड्रो, एचआइडीसीएल, हिमाल दोलखा र नेशनल हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशभन्दा धेरैले घटेको छ । यस्तै पाँचथर पावर, हिमालयन हिस्ट्रीलरी, नेरुडे लघुवित्तसहित १ दर्जन कम्प्नीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

घट्दो बजारमा आज समृद्धि फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.२४ प्रतिशत कमाएका छन् ।

ओलीलाई सर्वोच्चको झड्का, प्रतिनिधि सभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश Read Previous

ओलीलाई सर्वोच्चको झड्का, प्रतिनिधि सभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

युरो कपको पुरस्कारमा मात्रै साढे ५२ अर्ब खर्च, कुन देशले कति पाए ? Read Next

युरो कपको पुरस्कारमा मात्रै साढे ५२ अर्ब खर्च, कुन देशले कति पाए ?