ओलीलाई सर्वोच्चको झड्का, प्रतिनिधि सभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सर्वोच्च अदालतले झड्का दिएको छ । ओलीले राष्ट्रपतिको सिफारिसमा जेठ ७ मध्यरातमा दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्चले बदर गरेको हो ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले ओलीको कदम असंवैधानि ठहर गरेको हो ।

 

सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गरेको यो दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ मा गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्दा सर्वोच्चले फागुन ११ गते बदर गरेको थियो ।

 

साथै, संवैधानिक इजलासले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।

 

सर्वोच्चको संवैधानिक इजलासले १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै २८ घण्टा अर्थात् भोली साँझ ५ बजेभित्र भित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

 

यस्तै, सर्वोच्चले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा संसद बैठक बोलाउन आदेश दिएको छ ।

 

लक्ष्मी बैंकको नयाँ शाखा धनुषाको क्षिरेश्वरनाथमा Read Previous

लक्ष्मी बैंकको नयाँ शाखा धनुषाको क्षिरेश्वरनाथमा

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी