लक्ष्मी बैंकको नयाँ शाखा धनुषाको क्षिरेश्वरनाथमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३१औँैँ शाखा धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा संचालनमा ल्याएकोे छ ।

 

यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३१ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

 

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

 

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

मेलम्चीको पानी हिउँद लागेपछि मात्र आउने, सडक र पुल नबनेसम्म मर्मत गर्न नसकिने Read Previous

मेलम्चीको पानी हिउँद लागेपछि मात्र आउने, सडक र पुल नबनेसम्म मर्मत गर्न नसकिने

ओलीलाई सर्वोच्चको झड्का, प्रतिनिधि सभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश Read Next

ओलीलाई सर्वोच्चको झड्का, प्रतिनिधि सभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश