लक्ष्मी बैंकको नयाँ शाखा बुढानिलकण्ठको गणेश चोकमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३० औं शाखा काठमाडौं बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएकोे छ ।

 

यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

 

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

 

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

मैलुङ खोला जलविद्युतले पायो आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँदै ? Read Previous

मैलुङ खोला जलविद्युतले पायो आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँदै ?

विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने, यसरी गर्नुहोस् दर्ता Read Next

विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने, यसरी गर्नुहोस् दर्ता