मैलुङ खोला जलविद्युतले पायो आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँदै ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

 

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० ?पैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

 

कम्पनीले बोर्डमा आवेदन दिएको ४ वर्षपछि आइपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीले २०७४ माघ १८ गते सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

 

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।

 

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।

 

कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

असार मसान्तभित्र सवारीसाधन दस्तुर बुझाए जरिवाना नलाग्ने Read Previous

असार मसान्तभित्र सवारीसाधन दस्तुर बुझाए जरिवाना नलाग्ने

लक्ष्मी बैंकको नयाँ शाखा बुढानिलकण्ठको गणेश चोकमा Read Next

लक्ष्मी बैंकको नयाँ शाखा बुढानिलकण्ठको गणेश चोकमा