असार मसान्तभित्र सवारीसाधन दस्तुर बुझाए जरिवाना नलाग्ने

जनकपुरधाम । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ ।

 

कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषद्द्वारा सो निर्णय गरिएको हो ।

 

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको स्पष्ट गरे ।रासस

कोरोनाको खोप लिन निगमको जहाज चीन जाँदै Read Previous

कोरोनाको खोप लिन निगमको जहाज चीन जाँदै

मैलुङ खोला जलविद्युतले पायो आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँदै ? Read Next

मैलुङ खोला जलविद्युतले पायो आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँदै ?