काठमाडौं। यूनाइटेड सिमेन्ट्स प्रा. लि. द्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ ।
५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्य सबै भन्दा उत्कृष्ट ग्रेड हो । यो दर्जा प्राप्त गरे संगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठुलो फड्को मारेको बताइएको छ । ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो ।
नेपालमा मात्र नभई विदेशका ठुला ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुदै आएको छ । पारिवारिक घर निर्माण सहित गगन चुम्बी महल देखि हाइड्रो पावर ड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु , बाटो निर्माण मा समेत यो सिमेन्ट प्रयोग गर्न सकिन्छ ।
ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि आफैं क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ६ वर्ष देखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको दाबी गरेको छ । ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरे संगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने कम्पनीले बताएको छ ।