काठमाडौं। अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने बताइएको छ ।
सरकारले घोषणा गरेको २०७८ साल कार्तिक २६ गते शुक्रवारको पहिलो चरण र मङ्सिर ३ गते शुक्रवारको दोस्रो चरण गरी दुई चरणमा सम्पन्न गर्न भन्दै अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो ।