अरुलाई आफ्नो व्यक्तिगत विवरण नदिन बैंकर्स संघको आग्रह

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको भन्ने व्यापक गुनासो आएपछि नेपाल बैंकर्स सङ्घले कुनै पनि व्यक्तिगत विवरण तथा बैंक खाताको सुरक्षा गर्न सबैमा आग्रह गरेको हो ।

 

सङ्घले पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको पाइएको भन्दै नागरिकलाई सचेत गराएको छ ।

 

सङ्घले एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई रकम पठाउनका लागि भन्दै खाता/व्यक्तिगत विवरण माग गर्ने गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले आफ्नो गोप्य विवरण कोही कसैलाई पनि नदिन अनुरोध गरेको हो ।

 

आपराधिक मनोवृत्तिका व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरणहरु माग्ने गरेको सङ्घको बुझाइ छ । त्यस्ता व्यक्तिले खाता नं, मोबाइल नं, विद्युतीय कारोवारमा प्रयोग हुने ओटिपी प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप गरिरहेका छन् । व्यापकरुपमा त्यस्ता गतिविधि भइरहेको जानकारी आएकाले सजग रहन सङ्घले सबैलाई आग्रह गरेको उल्लेख गरेको छ ।

 

सहयोगका नाममा आउने त्यस्ता फोन कल वा कारोबारको शङ्का लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न पनि सङ्घले अनुरोध गरेको छ । सजगताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेको इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेको इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

२५०० मिटरमाथि ‘उड्ने कार’को परीक्षण सफल, प्रतिघण्टा स्पीड कति ? Read Next

२५०० मिटरमाथि ‘उड्ने कार’को परीक्षण सफल, प्रतिघण्टा स्पीड कति ?