२५०० मिटरमाथि ‘उड्ने कार’को परीक्षण सफल, प्रतिघण्टा स्पीड कति ?

बीबीसी । स्लोभाकियामा आकाशमा उड्न सक्ने कारको सफल परीक्षण गरिएको छ । सोमबार पहिलोपटक स्लोभाकियाका सहरका दुई विमानस्थलबीच कारले भ्रमण पूरा गरेको हो ।

 

२५०० मिटर (८२०० फिट) हजार फिटको उचाइसम्म पुग्न सफल भएको हो । यसको गति १६०.९ किलोमिटर प्रतिघण्टा रहेको थियो ।

 

अवतरण गरिसकेपछि सो कार ३ मिनेटभन्दा कम समयमै ‘स्पोर्ट्स कार’मा परिणत भई भुइँमा गुड्न पनि सफल भएको थियो । त्यसैले यो कार र विमानको हाइब्रिड भएकाले यसलाई ‘एयर कार’ नाम दिइएको छ ।

 

यसमा बीएमडब्लुको इन्जिन जडान गरिएको छ भने यो साधारण पेट्रोलबाट सञ्चालन हुन्छ । एयर कारको प्रोटोटाइप १ मा १६० हर्सपावर प्रोपेलर इन्जिनको प्रयोग गरिएको छ ।

 

यसलाई स्लोभाकियन फर्म क्लेइन भिजनअन्तर्गत प्रोफेसर स्टेफन क्लेइनले निर्माण गरेका हुन् । यसको ३५ मिनेटको उडानलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा वास्तवमै ठूलो उपलब्धि मानिएको छ, जसले यसको थप उत्पादनका लागि बाटो खुलाउँछ । यसले अहिलेसम्म ४० घण्टाको उडान परीक्षण पूरा गरिसकेको छ ।

यसको परीक्षणको भिडियोमा हावामा उड्नुअगाडि यो सामान्य गाडीजसरी नै विस्तारै सडकमा गुडिरहेको देख्न सकिन्छ । साथै, यसको आकार पनि साधारण गाडी समानको रहेको छ । तर, अहिलेसम्म व्यावसायिक प्रयोगका लागि भने स्वीकृत भइसकेको छैन ।

 

निर्माता प्रोफेसर क्लेइनका अनुसार यो ८,२०० फिटको उचाइसम्म झन्डै १ हजार किलोमिटर उड्न सक्छ । यसलाई विमानबाट साधारण कारमा परिणत हुन केबल २ मिनेट १५ सेकेन्ड मात्र लाग्छ ।

 

क्लेइन भिजन फर्मले यो सेल्फ–ड्राइभिङ यात्राका लागि अति उत्तम हुने र व्यावसायिक ट्याक्सी सेवाका रुपमा समेत प्रयोगमा ल्याउन सकिने बताएका छन् ।

 

यसको मूल्यसम्बन्धी भने केही जानकारी दिइएको छैन । तर, अर्को वर्षसम्ममा यसलाई सडक या हावामा उडिरहेको देख्न पाइने अपेक्षा रहेको छ ।

 

निर्माताहरुका अनुसार यसलाई कुनै विशेष ट्रेनिङको आवश्यकता नपर्ने गरी सबै पाइलट या सञ्चालकलाई पहुँच दिलाउन सकिने किसिमले डिजाइन गरिएको छ ।

 

यससम्बन्धी सबै कानुनी प्रक्रिया र परीक्षणहरु सम्पन्न भइसकेपछि आगामी १२ महिनामा यो विक्रीका लागि तयार हुने बताइएको छ । एयर कारको दोस्रो प्रोटोटाइप पनि हाल मर्मत भइरहेको छ ।

अरुलाई आफ्नो व्यक्तिगत विवरण नदिन बैंकर्स संघको आग्रह Read Previous

अरुलाई आफ्नो व्यक्तिगत विवरण नदिन बैंकर्स संघको आग्रह

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल, ५ हजार टन आउने क्रममा Read Next

बङ्गलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिकटन युरिया मल, ५ हजार टन आउने क्रममा