काठमाडौं । नेको इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनी लाभांश प्रस्ताव पारित गर्न असार ३१ गते वार्षिक साधरण सभा बोलाएको छ । साधरण सभा प्रयोजनका लागि असार १८ गते (भोलि) बुकक्लोज मिति तोकेको छ । तसर्थ आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
नेकोले गत आवको मुनाफाबाट सेयरधनीलाई १५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद गरी कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।