यातायात कार्यालय स्वयम्भूमा मेगा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले स्वयम्भू ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

 

बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ ।

 

एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ ।

 

अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

सेयर बजारमा सुधारको संकेत, नेप्से ७ अंकले बढ्यो Read Previous

सेयर बजारमा सुधारको संकेत, नेप्से ७ अंकले बढ्यो

एनआईसी एशियाको कञ्चनपुर भन्सारमा विस्तारित काउण्टर सञ्चालन Read Next

एनआईसी एशियाको कञ्चनपुर भन्सारमा विस्तारित काउण्टर सञ्चालन