सेयर बजारमा सुधारको संकेत, नेप्से ७ अंकले बढ्यो

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको सेयर बजार आज सुधार देखिएको छ । सोमबार सेयर बजार मापक सूचक नेप्से ७.२३ अंकले बढेर १२२२.०६ अंकमा पुगेको छ ।

 

नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन । आज कूल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता शेयर ३८ करोड ९६ लाख २५ हजार रुपैयाँमा खरीद बिक्री भए ।

 

आज कारोबार भएका ११ उपसमूहमध्ये निर्जीवन बीमा समूह बाहेक अन्य सबै समूहको सूचक उकालो लागेका छन् । निर्जीवन बीमा समूहको सूचक २९.७८ अंकले घटेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक जीवन बीमा ४४.३२ अंकले बढेको छ ।

 

यस्तै बैंकिङ ७.३३, होटल ४.७४, विकास बैंक १३.४३, जलविद्युत् १.१९, वित्त १.०७, उत्पादन ६.९१, अन्य ४.७२, लघुवित्त २१.५१, सामूहिक लगानी कोष समूहको सूचक ०.०१ अंकले बढेको छ ।

 

 

कारोवारका आधारमा आज सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको २ करोड ५८ लाख ३१ हजार ४२८ बराबरको सेयर कारोवार भएको छ ।

 

 

कारोवारका आधारमा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स ६.४७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ६.१६, एक्सेल डेभलपमेन्ट बैंक ५.०९ र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.०३ प्रतिशतले कमाएका छन् ।

 

सानिमा इक्विटी फण्ड ३.५७, जोशी हाइड्रोपावर २.८९, युनाइटेड इन्स्योरेन्स २.५६, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स २.५२, बरुण हाइड्रोपावर २.२२ र चिलिमे जलविद्युत् कम्पनीका शेयरधनीले १.९६ प्रतिशतले गुमाए ।

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार, अशुल रकमको २० प्रतिशतसम्म पाउने Read Previous

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार, अशुल रकमको २० प्रतिशतसम्म पाउने

यातायात कार्यालय स्वयम्भूमा मेगा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन Read Next

यातायात कार्यालय स्वयम्भूमा मेगा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन