एनआईसी एशियाको कञ्चनपुर भन्सारमा विस्तारित काउण्टर सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर आजदेखि सञ्चालनमा ल्याइएको छ ।

 

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास बैंकले लिएको छ ।

 

मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

यातायात कार्यालय स्वयम्भूमा मेगा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन Read Previous

यातायात कार्यालय स्वयम्भूमा मेगा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन

एशिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौंमा शुरु Read Next

एशिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलन काठमाडौंमा शुरु