निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । दुईसाता अघि मात्र भाउ बढाएको निगमले निषेधाज्ञाकै बीच तेस्रोपटक भाउ बढाएको हो ।

 

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक उडानतर्फ)को मूल्य समान प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

 

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२७ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११० रूपैयाँ पुगेको छ । हवाई  इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८२ रूपैयाँ कायम भएको छ ।

 

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले मूल्य बढाएर पठाएकोले पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।

आन्तरिक हवाई उडान असार १७ देखि खुल्ने Read Previous

आन्तरिक हवाई उडान असार १७ देखि खुल्ने

फाष्ट ट्रयाकको सुरुङ डिजाइन गर्न चिनियाँ टोली आइपुग्यो, ६ महिना भित्र काम सक्ने Read Next

फाष्ट ट्रयाकको सुरुङ डिजाइन गर्न चिनियाँ टोली आइपुग्यो, ६ महिना भित्र काम सक्ने