काठमाडौं । आन्तरिक हवाई उडान असार १७ गतेदेखि खुल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान पुनः सुरु गर्ने निर्णय गरेको हो ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको थियो । स्वास्थ्यको पूर्ण पालना हुनेगरी हाल कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने छ ।
मन्त्रालयका अनुसार नागरिक उड्डयन प्राधिकरणले उडान समय तालिका र उडान संख्या निश्चित गर्नेछ । उडान तालिका निश्चित भएपछि मात्रै वायुसेवा कम्पनीले टिकट विक्री शुरु गर्ने जनाएका छन्।
हाल नेपाल एयरलाइन्ससिहत बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुण लगायत वायुसेवा कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् ।