आजदेखि यातायात कार्यालय खुल्ने, कुन-कुन सेवा सुचारु हुन्छन् ?

काठमाडौं । डेढ महिनादेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय आज (असार ९ गते)देखि खुल्ने भएको छ ।

 

यातायात व्यवस्था कार्यालय जगातीले एक सूचना जारी गर्दै आजदेखि कार्यालयका सेवा नियमित सुचारु हुने जानकारी गराएको हो ।

 

आइतबार काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए । सोसँगै यातायात कार्यालयले आफ्नो विविध सेवा सुचारु गर्ने भएको हो।

 

यातायात कार्यालय जगातीका अनुसार भोलिदेखि सवारी चालक अनुमतिपत्रको नवीकरण, प्रतिलिपी, स्मार्ट लाइसेन्स वितरण, ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीबाट राजस्व संकलन लगायत सेवाहरु सुचारु हुनेछन् ।

 

चीनले लगायो  क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध Read Previous

चीनले लगायो क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध

सेयर बजारमा उच्च अंकको कमब्याक, यी ३० कम्पनीका लगानीकर्ता मालामाल Read Next

सेयर बजारमा उच्च अंकको कमब्याक, यी ३० कम्पनीका लगानीकर्ता मालामाल