सेयर बजारमा उच्च अंकको कमब्याक, यी ३० कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । गत बुधबारदेखि निरन्तर ओरालो लागेको बजार आज लयमा फर्किएको हो ।

 

५ दिनमै करिब १९० अंकको पहिरो गएको बजारमा आज दोहोरो अंकको सुधार देखिएको हो । गत मंगलबार नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा दैनिक भारी गिरावट आएको थियो ।

 

सूचकमा ठूलो अंकको सुधार आए पनि कारोबार रकम भने घटेको छ । यससाता दैनिक साढे ११ अर्बको कारोबार हुँदै आएकोमा आज घटेर सवा १० अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै साढे ५ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ३२ करोड र नेशनल हाइड्रोपावर २६ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज साढे दुर्ई दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ ससर्किट लागेको छ । जानकी फाइनान्स, वरुण हाइड्रोपावर, एचआइडीसीएल, ङादी ग्रुप र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, राधी विद्युत्, जोशी, कालिका पावर, घलेम्दी, युनियन, खानीखोला, हिमालयन पावर, दिव्यश्वरी हाइड्रोपावर, लिबर्टी इनर्जी, गुह्येश्वरी मर्चेन्ट, हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् ।

 

यस्तै, पावर, सिनर्जी युनाइटेड मोदी हाइड्रोपावर, बेस्ट फाइनान्स, हिमाल दोलखा, शिवश्री, छ्याङ्दी, नेशनल, नेपाल, आँखुखोला हाइड्रोपावर, युनिभर्सल पावर, सेन्टर फाइनान्स, समृद्धि फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

उछाल आएको बजारमा आज एभरेष्ट इन्स्योरेन्सका प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ३.०५ प्रतिशत गुमाएका छन् ।

आजदेखि यातायात कार्यालय खुल्ने, कुन-कुन सेवा सुचारु हुन्छन् ? Read Previous

आजदेखि यातायात कार्यालय खुल्ने, कुन-कुन सेवा सुचारु हुन्छन् ?

नेप्सेमा ७९ अंकको उछाल आउँदा पनि मूल्य घट्ने यी हुन् ७ कम्पनी Read Next

नेप्सेमा ७९ अंकको उछाल आउँदा पनि मूल्य घट्ने यी हुन् ७ कम्पनी