नेप्सेमा ७९ अंकको उछाल आउँदा पनि मूल्य घट्ने यी हुन् ७ कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि निरन्तर ओरालो लागेको बजार आज उच्च अंकले कमब्याक गरेको हो ।

 

५ दिनमै करिब १९० अंकले घटेको बजार आज एकैदिन ७९ अंकले बढेको छ । सूचकमा ठूलो अंकको सुधार आए पनि कारोबार रकम भने घटेको छ । यससाता दैनिक साढे ११ अर्बको कारोबार हुँदै आएकोमा आज घटेर सवा १० अर्बमा सीमित भएको छ ।

 

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने बैंकहरुको डिबेञ्चरसहित १५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

उछाल आएको बजारमा आज एभरेष्ट इन्स्योरेन्सका प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ३.०५ प्रतिशत गुमाएका छन् ।

 

यस्तै, गोर्खा फाइनान्सको सेयर मूल्य १.५७ प्रतिशतले घटेको छ । रुरु जलविद्युत्, आरम्भ चौतारी लघुवित्त, नेरुडे लघुवित्त, सूर्योदय लघुवित्त र सबैको लघुवित्तको सेयर मूल्य १ प्रतिशतभन्दा कमले घटेको छ ।

 

सेयर बजारमा उच्च अंकको कमब्याक, यी ३० कम्पनीका लगानीकर्ता मालामाल Read Previous

सेयर बजारमा उच्च अंकको कमब्याक, यी ३० कम्पनीका लगानीकर्ता मालामाल

मन्त्री खान गएका जसपाका नेतालाई सर्वोच्चको झड्का, २० मन्त्रीको पद चैट Read Next

मन्त्री खान गएका जसपाका नेतालाई सर्वोच्चको झड्का, २० मन्त्रीको पद चैट