भोलिदेखि पठाओ र टुटल सेवा सुचारु हुने

काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक टुटल र पठाओले भोलिदेखि आफ्नो सेवा संचालन गर्ने भएका छन् ।

 

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोर नम्बरका आधारमा निजीसवारी चलाउन दिइने भएसँगै टुटल र पठाओले पनि आफ्नो सेवा सुचारु गर्न लागेका हुन् ।

 

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै जोरबिजोर प्रणालीकै आधारमा चालकहरुले सेवा सुचारु गर्न लागेको पठाओले जनाएको छ ।

 

चालकले अनिवार्य पञ्जा, मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्ने छ भने यात्रुले पनि अनिवार्य मास्क लगाउनु पर्ने गर्ने गरी प्रोटोकल बनाइएको छ ।

 

निषेधाज्ञा लागू भएसँगै दुवै कम्पनीले वैशाख १६ गतेदेखि आफ्नो सेवा बन्द गरेका थिए ।

१०० प्रतिशत हकप्रद जारी गर्न नारायणी विकास बैंकले माग्यो अनुमति Read Previous

१०० प्रतिशत हकप्रद जारी गर्न नारायणी विकास बैंकले माग्यो अनुमति

सेयर बजारमा भीषण पहिरो जारी, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी Read Next

सेयर बजारमा भीषण पहिरो जारी, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी