सेयर बजारमा भीषण पहिरो जारी, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार भीषण पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो गएको हो ।

 

गत मंगलबार नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा दैनिक भारी गिरावट आएको हो ।

 

पछिल्लो ४ दिनमा मात्रै नेप्से करिब १८५ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक १६ अर्ब हाराहारीमा कारोबरा हुँदै आएकोमा आज साढे ११ अर्बमा सीमित भएको छ । लगातार बजार घट्न थालेपछि लगानीकर्ता हतोत्साहित हुँदा कारोबारमा प्रत्यक्ष असर परेको हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ७१.०६ घटेर २८३४.४० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७४ रुपैयाँ बराबरको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै ५/५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ३१ करोड र नागरिक लगानी कोष २९ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज पोखरा फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशत गुमाएका छन् ।

 

यस्तै, आज युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशत गुमाएका छन् भने युनियन, हिमाल दोलखा हाइड्रो पावर, लिबर्टी इनर्जी, गुह्येश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, पञ्चकन्या माइको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, घलेम्दी र जोशी हाइड्रोपावरका सेयरधनीले ७ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

 

घट्दो बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

भोलिदेखि पठाओ र टुटल सेवा सुचारु हुने Read Previous

भोलिदेखि पठाओ र टुटल सेवा सुचारु हुने

नेप्सेमा ७१ अंकको पहिरो जाँदा पनि मूल्य बढ्ने यी हुन् ५ कम्पनी Read Next

नेप्सेमा ७१ अंकको पहिरो जाँदा पनि मूल्य बढ्ने यी हुन् ५ कम्पनी