काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो गएको हो ।
नेप्से आज एकैदिन ७१ अंकले घटेको छ भने पछिल्लो ४ दिनमा मात्रै नेप्से करिब १८५ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक १६ अर्ब हाराहारीमा कारोबरा हुँदै आएकोमा आज साढे अर्बमा सीमित भएको छ ।
आज कारोबारमा आएका २२७ कम्पनीमध्ये बैंकहरुको डिबेञ्चरसहित जम्मा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
७१ अंकले घटेको बजारमा नारायणी विकास बैंक र कुमारी बैंकको प्रमोटर सेयरमा पोजेटिभ सर्किट लागेको छ । दुवै कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
यसैगरी, एचआइडीसीएल ४.३३ प्रतिशत, नेपाल टेलिकम १.७३ प्रतिशत र वरुण हाइड्रोपावरको मूल्य १.५३ प्रतिशतले बढेको छ ।