काठमाडौं । नारायणी विकास बैंकको १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको छ ।
बैंकले १ः१ अनुपातमा १३ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
बैंकले २०० प्रतिशत हकप्रद जारी गर्न प्रस्ताव पेश गरे पनि नेपाल राष्ट्र बैंकले १०० प्रतिशत मात्र निष्काशन गर्न अनुमति दिएको थियो ।
बैंकले यसअघि पनि गत माघ १३ गतेबाट फागुन ३ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो ।
हाल १३ करोड १२ लाख ३४ हजार चुक्ता पूँजी रहेको बैैंकको १ः१ अनुपातमा हकप्रद जारी पछि चुक्ता पूँजी २६ करोड २४ लाख ६८ हजार पुग्नेछ ।