काठमाडौं । अब बार अनुसार पसल खोल्न पाइने भएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञा खुकुलो बनाउँदै बार अनुसार पसल खोल्न दिने निर्णय गरेको हो ।
यसअघिको जस्तै खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूल, दूध डेरी हरेकदिन बिहान ११ बजेसम्म खोल्न दिइने भएको छ ।
यस्तै, सुन, भाँडाकुँडा, अटो मोबाइल्स, विद्युतीय सामग्री लगायतका पसलहरु आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म खोल्न दिइने भएको छ ।
यस्तै, सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने भएको छ ।
हार्डवेयर लगायत निर्माण सामग्रीका पसलहरू हरेकदिन बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने छ ।
